Logo
Logo

पल शाह प्रकरण : रेखालाई गालीगलौज गरेको भन्दै साइबर ब्युरोमा उजुरी



काठमाडौं । आफूविरुद्ध गालीगलौज भएको भन्दै अभिनेत्री रेखा थापाले प्रहरीको साइबर ब्यूरोमा जोहरी दिएकी छन् । नायिका थापाको तर्फबाट उनकी दिदी तारा थापाले जोहरी दिएकी हुन् ।

स्रोतका अनुसार विद्युतीय माध्यममार्फत् आफ्नो मानमर्दन र गाली बेइज्जती गरेको उल्लेख गर्दै रेखाले युट्युबमा अभिव्यक्ति दिने शर्मिला वाइबाविरूद्ध निवेदन दिएकी हुन् ।

कलाकार पल शाहले एक नाबालिग गायिकालाई बलात्कार गरेको आरोप लागेपछि नाबालिगको पक्षमा थापाले बोलेकी थिइन् । त्यसपछि शाहका सर्मथकले उनीवरुद्ध गालीगलौज गर्नुका साथै ुए वान मिडियाुले समेत असभ्य टिप्पणी गरेको भन्दै जोहरी परेको छ ।

प्रतिक्रिया दिनुहोस्