Logo
Logo

अष्ट्रेलियाका लिजेन्ड क्रिकेटर शेन वार्नेको मृत्यु


126
Shares

काठमाडौँ । लिजेन्ड क्रिकेटर शेन वार्नेको निधन भएको छ । हृद्यघातका कारण ५२ वर्षको उमेरमा उनको निधन भएको फोक्स स्पोट्सले जनाएको छ । थाइल्याण्डमा रहेका वार्नेको हृद्यघातका कारण निधन भएको जनाइएको छ ।

थाइल्याण्‍डमा रहेका वार्ने अचानक गम्भीर बिरामी परेका थिए । उनलाई उपचारका लागि अस्‍पताल लगिएपनि उनकाे हाेस् नआएपछि मृत घाेषणा गरिएकाे थियाे ।

उनले सन् १९९२ मा अष्ट्रेलियाको राष्ट्रिय क्रिकेट टिममा डेब्यु गरेका थिए । लेग स्पिनरमा विश्व क्रिकेटकै उत्कृष्ट वार्ने अष्ट्रेलियाले सन् १९९९ को विश्वकप जित्दा टोलीका मुख्य सदस्य थिए । त्यसबाहेक उनले १९९३ देखि २००३ सम्म पाँच खेलको एसेस क्रिकेट श्रृङखलाका विजेता समेत हुन् ।

१५ वर्ष क्रिकेटमा बिताएका वार्नेले सन् २००६ मा संन्न्यास लिएका थिए । उनी अष्‍ट्रेलियाका लागि सर्वाधिक ७०८ विकेट लिने बलर समेत हुन् ।

प्रतिक्रिया दिनुहोस्