Logo
Logo

एमसीसी पारित भएपछि नेपाल विश्व अर्थतन्त्रबाट अलग्गिने खतरा टर्‍याे : गृहमन्त्री


315
Shares

काठमाडौं । गृहमन्त्री बालकृष्ण खाँणले नेपाल सरकार र मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसि)बीच भएको सम्झौता संसदबाट पारित भएपछि नेपाल विश्व अर्थतन्त्रबाट अलग्गिने खतराबाट जोगिएको बताएका छन् ।

भैरहवास्थित पक्लिहवा माविको वार्षिकोत्सव आज गृहमन्त्री खाँणले भने, ‘एमसिसी यदी पास नगरेको भए डलर सञ्चिती घट्दै जान्थ्यो । डलरको कारोबारमा सङ्कट आउँथ्यो जसले विश्व अर्थतन्त्रबाट नेपाल अलग्गिने खतरा थियो । त्यो अवस्थामा डलर चलाउन नसकिने अवस्था हुन्थ्यो । यसैले यी जटिलताबाट मुलुक जोगिएको छ ।’
(
उहाँले एमसिसीबारे अनावश्यक भ्रम फैलाएको तर्क गर्दै सडक र विद्युत्को क्षेत्रमा काम गर्ने गरी सरकारले एमसिसी सम्झौता गरेको स्पष्ट पारे । उनले भने, ‘पहिलो चरणमा विद्युत् र बाटोको सडक स्तरोन्नतिका लागि सहयोग आएको हो ।’

मन्त्री खाँणले एमसिसी सैन्य प्रयोजनमा नजानेसमेत जानकारी दिए । उनले भने, ‘यो सहयोग कुनै सैन्य प्रयोजनमा जाँदैन । पाँच वर्षभित्र सम्पूर्ण रकम सदुपयोग होस्, कुनै अनियमितता नहोस्, सडक र विद्युत् ट्रान्समिशन टावर निर्माणमा खर्च होस् भनेर केही कन्डिसन राखेको हो । यो ऋण होइन, सहयोग हो ।’

प्रतिक्रिया दिनुहोस्