
काठमाडौं । चर्चित सेलिब्रिटी किम कार्दशियन विवाह गरेको ८ वर्षपछि गायक कान्ये वेस्टबाट अलग भएकी छन् । यी दुईबीच सम्बन्ध विच्छेदको मुद्दा विगत केही महिनादेखि चलिरहेको छ ।
यही बीचमा किमले आफूलाई सिंगल घोषणा गर्न आवेदन दिएकी थिइन् । उनको यो आग्रहलाई अदालतले स्वीकृत गरेको छ । अदालतले आधिकारिक रूपमा एकल घोषित गरेपछि किमले आफ्नो सोसल मिडिया अकाउन्टबाट कान्ये वेस्टको उपनाम पनि हटाएकी छिन् ।
किम कार्दशियनले आफ्नो आधिकारिक इन्स्टा ह्यान्डलमा आफ्नो पतिको नाम थपेकी थिइन्। उनको नाम किम कार्दशियन वेस्ट थियो, जुन अहिले किम कार्दशियनमा परिवर्तन भएको छ। किमले लस एन्जलसको अदालतमा आधिकारिक रुपमा सिंगल हुन अपिल गरेकी थिइन् । गत बुधबार अदालतले उनलाई स्वीकृति दिएको थियो ।

किम कार्दशियन र कान्ये वेस्टबीच सम्बन्ध विच्छेदको मुद्दा चलेको एक वर्ष भइसकेको छ । अदालतको मुद्दा चलिरहेका बेला कान्ये लगातार किम, उनकी प्रेमी र उनीको परिवारमाथि बयान दिने गरेका छन् । किम र कान्येले सन् २०१२ मा डेटिङ गर्न थाले ।
दुई वर्ष सम्बन्धमा रहेपछि सन् २०१४ मा यी दुईको विवाह भएको थियो । ७ वर्षपछि यी दुईबीच झगडा सुरु भयो र दुई जना छुट्टाछुट्टै बस्न थाले । गत वर्ष दम्पतीले अदालतमा सम्बन्ध विच्छेदका लागि पहल सुरु गरेका थिए । तर अहिलेसम्म निर्णय हुन सकेको छैन । एजेन्सी














