Logo
Logo

क्यानडामा वनस्पतिमा आधारित कोरोनाविरुद्धको खोप स्वीकृत


819
Shares

काठमाडौं । कोरोनाको संक्रमण रोक्न क्यानडा सरकारले विश्वकै पहिलो वनस्पतिमा आधारित खोप स्वीकृत गरेको छ । यसको नाम ‘कोभिफेन्ज’ हो । यसको विकास क्यानाडाको क्युबेक शहरमा भएको छ ।

कोभिफेन्ज खोप क्यानाडामा बनाइएको पहिलो कोरोना खोप हो । यो क्युबेक सिटीमा आधारित मित्सुबिशी केमिकल र फिलिप मोरिसको स्वामित्वमा रहेको बायोफार्मा कम्पनीहरू मेडिकागो र ग्लाक्सो स्मिथक्लाइनद्वारा निर्माण गरिएको हो ।

यससँगै यो विश्वकै पहिलो कोरोना खोप बनेको छ जुन खोप बिरुवामा आधारित प्रोटिनबाट तयार पारिएको हो । हाल, क्यानाडामा यो १८ देखि ६४ वर्षका मानिसहरूमा यो खोप लगाइनेछ ।

सरकारका अनुसार खोपले १८ वर्षमुनिका र ६४ वर्षभन्दा माथिका मानिसमा पार्ने प्रभावबारे पत्ता लगाउन अनुसन्धान चलिरहेको छ । खोप दुई मात्रा दिइनेछ । दोस्रो मात्रा पहिलो मात्रा दिइएको २१ दिनपछि दिइनेछ ।

१८ देखि ६४ वर्षका मानिसहरूमा कोभिफेन्ज खोप कोरोनाका सबै प्रकारका विरुद्ध ७१ प्रतिशत प्रभावकारी भएको पाइएको छ । साथै, यो खतरनाक डेल्टा भेरिएन्ट विरुद्ध ७५ प्रतिशत प्रभावकारी रहेको बताइएको छ । एजेन्सी

प्रतिक्रिया दिनुहोस्