
काठमाडौं । बागमती सफाइ महाअभियानले ६ सय ६ण् सय हप्ता पूरा गरेको छ । सरकार तथा नागरिकस्तरबाट थालिएको महाअभियानमा विभिन्न संघ संस्थाका प्रतिनिधिहरुले समेत हरेक शनिबार बागमती नदीका विभिन्न स्थानमा सफाइ गर्दै आइरहेका छन् ।

पूर्व मुख्यसचिव लिलामणि पौडेलको नेतृत्वमा २०७० साल जेठ ५ गतेदेखि बागमती सफाइ महाअभियान सुरु भएको थियो । दुर्गन्धित बनेको बागमती सफाइ महाअभियानबाट सफा बन्दै गइरहेको छ ।

अभियानकै क्रममा हाल बागमती नदीका किनारमा विभिन्न संघसंस्थाको पहलमा ३० भन्दाबढी बगैँचा निर्माण पनि भएका छन् ।

















