Logo
Logo

चीन अमेरिका व्यापार युद्ध—मोदीलाई सुवर्ण मौका


- दृष्टि न्युज/संवाददाता


चीनको तीब्र विकासमा अमेरिका संगको व्यापारको ठुलो भूमिका छ । यदि अमेरिका संग व्यापार राम्रो हुँदैनथ्यो भने चीनको तीब्र विकास हुन सम्भव थिएन भनिन्छ । अमेरिकावाट प्रविधि र लगानी ल्याउने तथा उत्पादित वस्तु व्यापक रुपमा अमेरिका निर्यात गरेर प्रशस्त नाफा कमाउन चीन सफल रहनाले चीनको तीब्र विकासमा ठुलो सहयोग पुगेको देखिन्छ ।

सन् २०१८ मा चीनले अमेरिकामा ५३९ अर्ब डलर वरावरको सामान निर्यात ग¥यो भने अमेरिकावाट १२० अर्ब डलर वरावरको सामान आयात ग¥यो । अमेरिकालाइ यस वर्ष ४१९ अर्ब डलर व्यापार घाटा भयो । चीनलाई फाइदा हुने यस्तो व्यापारले चीनको तीब्र विकास भएको प्रष्ट छ ।

अब स्थिति उल्टिन लागेको छ । अमेरिकाले चिनियाँ सामानमा १० प्रतिशत भंसारवाट २५ प्रतिशत भंसार वढाएको छ । अमेरिकाले २५० अर्ब डलर वरावरको सामानमा भंसार वढाइ सकेको छ भने ३२५ अर्ब डलरको सामानमा पनि भंसार वढाउने भनिरहेकोछ । यसले गर्दा अमेरिकामा चिनियाँ सामान महंगो हुन गएको छ । यसको अर्थ अन्य देशहरुले अमेरिकामा चीन भन्दा सस्तोमा सामान वेच्न पाउने अवसर आएको छ । यसमा नेपालले पनि फाइदा लिन सक्दथ्यो, तर ओली सरकारले औद्योगिक क्रान्ति गरेर निर्यात वढाउने नीति र त्यसखालको वजेट ल्याएन ।

भारतको वजेट केही समयमा आउँदैछ । मोदी भरखरै दोश्रो पटक प्रधानमन्त्री वनेका छन् । यदि मोदी र उनका नयाँ अर्थमन्त्री निर्मला सितारमणले सही नीति लिए भने भारतको लागि स्वर्णीम अवसर आएको देखिन्दैछ ।

भारतले सन् २०१७—१८ को आर्थिक वर्षमा अमेरिकामा करीव ४८ अर्ब डलर वरावरको सामान मात्र निर्यात गरेको थियो भने करीव २६ अर्ब डलर वरावरको सामान आयात गरेको थियो । त्यस वर्ष अमेरिकाको भारत संगको व्यापारमा २२ अर्ब डलर वरावरको व्यापार घाटा भएको थियो ।

अमेरिकामा भारतले चीन भन्दा सस्तोमा सामान निर्यात गर्ने राम्रो अवसर पाएको छ । भारतको औद्योगिक क्रान्तिको लागि सही नीति मोदीले वनाउन सक्यो भने चीनले अमेरिकामा गर्दै आएको ५५० अर्ब डलर भन्दा वढीको निर्यात मध्ये केही हिस्सा अवश्यपनि लिन सक्दछ ।

चीनमा लगानी गर्ने अमेरिका, जापान, कोरिया र युरोपका ठुला कम्पनीहरुले त्यहाँ उत्पादन गरेर अमेरिकामा निर्यात गर्न अब महंगो पर्न जाने भएकोले चीन वाहेकका देशहरुमा लगानी गर्न खोजिरहेकाछन् । यसको फाइदापनि मोदीले लिन सक्छन् । भारतमा पूँजी र प्रविधि ल्याउने मौका पनि यही हो ।

यी कुराहरु थाहा हुनु एउटा हो तर सही नीति वनाएर कार्यान्वयन गर्नु अर्को विषय हो । भारतमा दलाल पूँजीपतिहरुको वोलवाला रही आएको छ । उनीहरुले विदेशमा वनाएको सामान भारत ल्याएर वेचेर अकूत नाफा कमाउने गर्दै आएकाछन् । भारतमा अहिले जोक भनिन्छ कि भारतीय देवी देवताहरुपनि चीनमा वनाएर वेच्ने खराव शासन आएको छ । भारतीय पूँजीपतिहरुलाइ उत्पादक पूँजीवादको पक्षमा लगाउन सहज छैन । उत्पादन गर्न अनेक झंझट हुन्छ । अरुले उत्पादन गरेको वेचेरै अकूत नाफा आउँछ भने उत्पादन गरेर कसले झंझट वेहोरोस् । तर उत्पादन गर्ने पूँजीवादको अभावमा देशको सम्पति वाहिर गैरहेको हुन्छ, देशमा रोजगारीको वृद्धि हुँदैन, देशको विकास गति कमजोर हुन्छ ।

तर उत्पादक पूँजीपतिहरुलाई विशेष सुविधा, प्रोत्साहन र छुट दिने हो भने अहिले भारतको लागि स्वर्णीम अवसर आएकोछ । भारतलाई अमेरिकाले इण्डो प्यासिफिक रणनीतिको एक प्रमुख साझेदारपनि मानेको छ । त्यसैलेपनि भारतलाई सजिलो हुनेछ । भारतमा औद्योगिक क्रान्तिले तीब्र गति लिएमा त्यसको केही असर नेपालमा पनि पर्नेछ । तर भारतको भ्रष्ट नोकरशाही तन्त्र र भ्रष्ट राजनीतिज्ञहरुको जालो तोडिने हो वा होइन, आगामी दिनहरुले स्पष्ट गर्नेछ ।

तर मोदी “कामरेड”पनि ओली कामरेड कै वाटोमा लागे भने यो अवसर गुम्नेछ ।
रवीन्द्र श्रेष्ठ

प्रतिक्रिया दिनुहोस्