Logo
Logo

खुदीमा निःशुल्क आँखा तथा दन्त शिविर


441
Shares

लमजुङ । अर्थाभाव र चेतनाको कमीले स्वास्थ्योपचारको पहुँचबाट टाढा रहेका ग्रामीण भेगका स्थानीयवासीलाई लक्षित गरी सञ्चालन गरिएको निःशुल्क आँखा तथा दन्त शिविरबाट ३०२ लाभान्वित भएका छन् ।

मस्र्याङ्दी गाउँपालिका–३ खुदीमा शनिबार गाउँपालिकाको आर्थिक र जिल्ला अस्पताल लमजुङको प्राविधिक सहयोगमा त्रिशक्ति महिला सञ्जालले ११२ औँ नारी दिवसका अवसरमा आयोजना गरेको एकदिने शिविरमा स्थानीयवासी लाभान्वित भएका हुन् । तीमध्ये ११० पुरुष र १९२ महिला छन् । जिल्ला अस्पताल लमजुङका प्रमुख हेमन्त श्रेष्ठका अनुसार उक्त शिविरमा ९२ जनाले दन्तसम्बन्धी र २६३ ले आँखासम्बन्धी सेवा लिएका थिए ।

शिविरमा ३७ जना दाँतका र २७ आँखाका रोगीलाई उपचारका लागि जिल्ला अस्पताल सिफारिस गरिएको छ भने १४७ लाई निःशुल्क चश्मा वितरण गरेको आयोजकले जनाएको छ । शिविरमा जिल्ला अस्पतालका डा. सरोज महर्जन र नेत्र सहायक दीप गुरुङको नेतृत्वमा सात प्राविधिकले सेवा दिएका अस्पतालले जनाएको छ ।

मस्र्याङ्दी गाउँपालिकाका अध्यक्ष अर्जुन गुरुङले स्वास्थ्य नै सबैभन्दा महत्वपूर्ण कुरा हुने भएकाले स्थानीयदेखि सरकारले स्वास्थ्य क्षेत्रममा विशेष ध्यान दिनुपर्ने बताए । शिविरमा पालिकाको करिब रु. ७० हजारभन्दा बढी खर्च भएको बताइएको छ । गाउँघरमै स्वास्थ्य जाँच गर्न पाएपछि स्थानीय तथा सेवाग्राही हर्षित भएका छन् ।

प्रतिक्रिया दिनुहोस्