Logo
Logo

महाकाव्य ‘विश्रान्त’ सार्वजनिक



काठमाडौं । शिखा बुक्सले प्रकाशनमा ल्याएको कवि रुपक अलंकारको नवीनतम् महाकाव्य ‘विश्रान्त’ सार्वजनिक भएको छ ।

नेपाल प्रज्ञा प्रतिष्ठानमा प्रतिष्ठानका सदस्यसचिव प्रा. जगतप्रसाद उपाध्याय, समालोचक प्रा. डा. रामप्रसाद ज्ञवाली, साहित्यकारहरू महेश पौड्याल र शैलेन्द्र अधिकारीले उक्त कृतिको शनिबार लोकार्पण गरेका हुन् ।

सदस्यसचिव उपाध्यायले नेपाली राजनीतिक नेतृत्वमा देखिएको व्यक्तिवादी चरित्रलाई कृतिले प्रश्न उठाउँदै प्रहार गरेको र विचार र कला सौन्दर्यको हिसाबले कृति अब्बल रहेको बताए । समालोचक डा. ज्ञवालीले कृतिले राजनीतिक संघर्षको अभिलेखन गरेको बताए ।

प्रतिक्रिया दिनुहोस्