Logo
Logo

६२ लाख डोज फाइजर खोप नेपाल आउँदै


756
Shares

फाइल फोटो

काठमाडौं । नेपालमा थप ६२ लाख डोज फाइजर खोप आउने भएको छ । अमेरिकी सरकारको सहयोगमा कोभ्याक्समार्फत् ६२ लाख डोज खोप नेपाल आउने भएको हो ।

स्वास्थ्य सेवा विभागको व्यवस्थापन महाशाखाको आपूर्ति शाखा प्रमुख सुरेन्द्र चौरासियाका अनुसार अमेरिकाले प्रदान गर्ने ६२ लाख डोज खोपमध्ये १५ लाख डोज खोप यही चैत ११ गते (२५ मार्च) सम्ममा नेपाल आउँदैछ । त्यस्तै, बाँकी रहेका खोप भने विभिन्न चरणमा वैशाख ५ गतेभित्र आउने उनले बताए । हरेक पटकमा १५ लाख डोज मात्राका दरले खोप नेपाल आउने उनले बताए । अमेरिकाले थप ३० लाख डोज खोप पनि दिनसक्ने उनको भनाइ छ ।

नेपालमा भएका खोप भण्डारको क्षमतालाई ध्यानमा राख्दै फरक फरक समयमा मात्रा निर्धारण गरेर खोप आउने उनले जानकारी दिए । चौरासियाका अनुसार उक्त खोप १२ वर्षभन्दा माथिका लागि प्रयोग गरिनेछ ।

प्रतिक्रिया दिनुहोस्