Logo
Logo

घाँटीमा गोली अड्किँदा युवा गम्भीर घाइते


3.9k
Shares

सांकेतिक तस्बीर

जनकपुर । धनुषामा एक युवालाई प्रहार गरिएको गोली उनको घाँटीमा अड्किएको छ । १८ वर्षीय मुकेश मुखियामाथि प्रहार भएको गोली घाँटीमा लागेर अड्किएको हो ।

धनुषाको जनकपुरधाम उपमहानगरपालिका १९ बेंगाशिवपुरमा भएको गोली प्रहारबाट उनी गम्भीर घाइते भएका छन् । गम्भीर घाइते उनलाई उपचारका लागि राति नै काठमाडौं पठाइएको धनुषाका एसपी वसन्त रजौरेले जानकारी दिए ।

कमला नगरपालिका ७ घर भएका मुकेश बेंगाशिवपुरमा आफ्नो मामा भोगि मुखियाको घरमा बस्दै आएका थिए । प्रहरीका अनुसार मामाको किराना पसलमा शनिबार राति आएका स्थानीयहरुसँग बसेर कुराकानी गरिरहेकाबेला मुकेशमाथि गोली प्रहार भएको थियो ।

घटनास्थलबाट पेस्तोल बरामद भएको र गोली प्रहार गर्ने व्यक्तिको पनि पहिचान भइसकेको प्रहरीले जनाएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको एसपी रजौरेले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्