Logo
Logo

एकीकृत समाजवादीको हिलिहाङ अध्यक्षमा लिङ्देन


2.5k
Shares

पाँचथर । नेकपा एकीकृत समाजवादी हिलिहाङ गाँउपालिका पाँचथरको अध्यक्षमा भवानी लिङ्देन निर्वाचित भएका छन् ।
शनिबार भएको पालिका स्तरिय प्रथम भेला तथा पालिकाको पार्टी कार्यलय उद्घाटन समारोहबिच लिङ्देनको अध्यक्षतामा ५१ सदस्य कमिटी निर्बाचित भएका हो ।

कमिटिको उपाध्यक्ष चन्द्रकला अधिकारी सचिवमा खड्ग गिरि, सहसचिवमा कृष्णप्रसाद चापागाइँ तथा कृष्णप्रसाद गुरुङ निर्वाचित भएका छन् ।

कार्यक्रम हिलिहाङ गाउँपालिका संयोजक तथा एकीकृत समाजवादि पाँचथरका जिल्ला कमिटी सचिवालय सदस्य भवानी लिङ्देनको अध्यक्षता, जिल्ला कमिटी उपसचिव महेन्द्रबिक्रम थाम्सुहाङको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो ।
कार्यक्रममा जिल्ला कमिटी सचिवालय सदस्य बिरदल राई, सन्तोष सेन्चुरी, इन्द्रनारायण ढकाल एबम जिल्ला कमिटी सदस्यहरु ज्ञयनाथ रिजाल किरण चापागाइ लगायतको आतिथ्यमा सम्पन्न भएको थियो ।

निर्बाचित कमिटी लाई सफत गराउदै प्रमुख अतिथि थाम्सुहाङले एमालेमा अव कम्युनिष्ट आचरण नरहेको भन्दै कम्युनिष्ट पार्टीको रक्षार्थ ओलिको प्राइभेट कम्पनी वाट बिद्रोह गर्नुपरेको भन्दै सबैलाइ एकीकृत समाजवादीमा गोलबद्द हुन आग्रह गरेका थिए । साथै आगामी निर्वाचनमा पार्टीका उमेरदवारलाई जिताउन कलम चिन्हमा मतदान गर्न समेत अपिल गरेका थिए ।

नेकपा एकीकृत समाजवादी पाँचथरले हिलिहाङ गाउँपालिकासहित पाँचथर जिल्लाका सबै पालिका तथा वडा तहका समिटीहरु निर्माणलाई तिव्रता दिएको जिल्ला अध्यक्ष कमल जबेगुले बताए ।

प्रतिक्रिया दिनुहोस्