काठमाडौं । नेकपा एमालेका सांसद भीमबहादुर रावलले निरन्तर संसद् अवरोध हुनु जनताको सार्वभौम अधिकारमाथिको खेलवाड भएको बताएका छन् ।
आइतबार प्रतिनिधि सभाको बैठकमा सहभागी हुन संसद् भवन पुगेका सांसद रावलले सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै निरन्तरको संसद् अवरोध जनताको सार्वभौम अधिकारमाथिको खेलवाड भएको बताएका हुन् ।
उनले संसद् अवरोध गर्नु गैरजिम्मेवार काम भएको टिप्पणी गरे । उनले भने, ‘‘यो त नेपाली जनताको जुन सार्वभौम अधिकारमाथिको खेलवाड हो। र, यो अत्यन्त गैरजिम्मेवार काम हो। किनभने नेपाली जनताले आफ्नो निर्वाचित जनप्रतिनिधिमार्फत् राष्ट्रको स्वाधिनता, स्वतन्त्रता, जनताको जीविकाजस्ता महत्त्वपूर्ण विषयमा छलफल होला, त्यसले निकास देला भनेर उनीहरुले अपेक्षा गरेका हुन्छन् ।











