
काठमाडौं । हाल देशमा उल्लेखनीय मौसमी प्रणाली छैन । आज देशको पहाडी तथा हिमाली भू–भागमा मौसम आंशिक बदली रहेको छ ।
त्यस्तै, अन्य भू–भागहरूमा मौसम सामान्यतयाः सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार आज दिउँसो देशको पहाडी तथा हिमाली भू–भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू–भागमा मौसम सामान्यतयाः मौसम सफा रहनेछ । त्यस्तै, कर्णाली र सुदूर पश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका एक वा दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको जनाइएको छ ।
आज राती देशको पहाडी तथा हिमाली भू–भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू–भागमा मौसम सामान्यतयाः सफा रहनेछ । गण्डकी र सुदूर पश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका एक वा दुई स्थानमा हल्का हिमपातको सम्भावना बताइएको छ ।
यसैबीच, देशभर तापक्रम बढ्ने क्रममा रहेकाले विशेषगरी तराई र चुरे क्षेत्रमा गर्मीबाट बच्नका लागि आवश्यक सतर्कता अपनाउन पनि महाशाखाले अनुरोध गरेको छ ।














