Logo
Logo

युक्रेनको पक्षमा बोल्नु कुनै गुटमा लाग्नु होइन : परराष्ट्रमन्त्री


252
Shares

काठमाडौं । परराष्ट्रमन्त्री नारायण खड्काले युक्रेनमा भएको आक्रमणले ठूलो र साना देशबीचका सम्बाधलाई समेत खलल
पूर्‍याउने देखिएकाले विरोध गरेको बताएका छन् ।

परराष्ट्र मन्त्रालयमा सोमबार आयोजित पत्रकार सम्मेलनमा मन्त्री खड्काले संयुक्त राष्ट्रसंघ मानव अधिकार परिषद्को आपतकालीन बैठकमा हरेक स्वतन्त्र राष्ट्रको सार्वभौमिकता स्वीकार गर्नपर्छ भनेर जोडदार रुपमा युक्रेनको पक्षमा आफ्नो अडान राखेको दाबी गरे ।

उनले नेपालले कुनै पनि गुट वा देशको पक्ष नलिउको र यो नै नेपालको असंलग्न परराष्ट्र नीति अन्तर्गत नै भएको उनले बताए । मानव अधिकार, अन्र्राष्ट्रिय कानुन र संविधन अन्तर्गत नपालले विरोध र मतदान गरेको उनको भनाइ थियो ।

उनले ५३३ जना नेपाली युक्रेन बाहिरिएको पनि जानकारी दिए । युक्रेनबाट बाहिरिएका उनीहरु पोल्याण, हङ्गेरीलगायतका देशहरुका रहेको उनले बताए ।

प्रतिक्रिया दिनुहोस्