काठमाडौं । अभिनेत्री रेखा थापाको उजुरीमा एक युट्युब च्यानलका संचालक पक्राउ परेका छन् ।
भ्रमपूर्ण समाचार प्रशारण गरेको आरोपमा प्रहरीको साइबार ब्यूरोले युट्युब च्यानलका संचालक राहुल थापालाई पक्राउ गरेको हो ।

अभिनेत्री थापाको तर्फबाट उनकी दिदी तारा थापले राहुलसहित तीन जनाविरुद्ध साइबार ब्यूरोमा उजुरी दिएकी थिइन् । गुल्मीको मदाने गाउँपालिका निवासी थापालाई अदालतले ५ दिन थुनामा राख्न अनुमति दिइसकेको छ ।
अभिनेता पल शाह मुछिएको यौन हिंसा प्रकरणमा उनले अभिनेत्री थापाविरुद्ध गाली बेइज्जतसहितको आपत्तिजनक सामाग्री प्रशारण गरेको आरोप लागेको थियो ।
यस मामिलामा आफूलाई अभियन्ता बताउने विवादित पात्र शर्मिला वाइबाविरुद्ध पनि प्रहरीमा जाहेरी परेको छ ।














