Logo
Logo

युक्रेनका ५६२ जना नेपाली सरे सुरक्षित स्थानमा


945
Shares

काठमाडौं । रुस–युक्रेन युद्धबाट प्रभावित ५६२ जना नेपालीहरु सुरक्षित स्थानमा पुगेका छन् । युक्रेनमा रहेका नेपालीहरु सुरक्षित स्थान खोज्दै पोल्याण्ड, स्लोभाकिया, हंगेरी, रोमानिया, माल्दावालगायतका देश पुगेका गैरआवासीय नेपाली संघ, रुस–युक्रेन द्वन्द्व प्रभावित नेपालीको सहयोग एवं उद्दार उच्चस्तरीय समितिले जनाएको छ ।

समितिका अनुसार पोल्याण्डमा ४४३, स्लोभाकिया ७८, रोमानियामा २४, हंगेरीमा १३ र ४ जना नेपाली माल्दावा पुगेका हुन् । युक्रेनमा जारी युद्धका कारण विस्थापित भएर विभिन्न देशका सीमाबाट निस्किएका नेपालीहरु सुरक्षित बसोबास र भविष्यका लागि तेस्रो मुलुकतर्फ गएका छन् । संघका महासचिव राजकुमार थापाका अनुसार तीमध्ये करिब ४ दर्जन नेपाली गैरआवासीय नेपाली संघ पोर्चुगलको सम्पर्कमा पुगेका छन् ।

यसैबीच, युक्रेनको खारकिभ सहरमा अलपत्र परेका कमल पोखरेललगायत ६ जनाको समूह सुरक्षित रुपमा पोल्याण्डको सीमा क्षेत्रमा पुगेको उच्चस्तरीय समितिका सदस्य सचिव डा. चिरन्जीवी खड्काले बताए । यसअघि उद्दार र राहत कार्यमा समन्वय गर्न जर्मनस्थित नेपाली राजदुत रामकाजी खड्काको अध्यक्षता र गैरआवासीय नेपाली संघका उपाध्यक्ष डा. बद्री केसीको संयोजकत्वमा गठित एक उच्चस्तरीय समितिले उद्दार कार्यमा सहजीकरण गर्दै आएको थियो ।

प्रतिक्रिया दिनुहोस्