Logo
Logo

जेसीबीको ठक्करबाट अटो-रिक्सामा सवार तीनको मृत्यु


- दृष्टि न्युज/संवाददाता


महेन्द्रनगर, ३१ जेठ । कञ्चनपुरमा जेसीबीले अटो–रिक्सालाई ठक्कर दिँदा तीन जनाको घटनास्थलमै मृत्यु भएको छ । दुर्घटनामा पाँच जना घाइते भएका छन् ।
कञ्चनपुरको गड्डाचौकीबाट महेन्द्रनगरतर्फ आइरहेको म१ह ७६३ नम्बरको अटो–रिक्सालाई विपरित दिशाबाट गइरहेको से१क ७३३ नम्बरको जेसीबीले ठक्कर दिँदा तीन जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।
मृतकमध्ये दुईजना पुरुष र एक महिला रहेको कञ्चनपुर प्रहरीले जनाएको छ । घाइते पाँच जनामध्ये दुई जनाको अवस्था गम्भीर रहेको जनाइएको छ । घाइतेहरुको महाकाली अञ्चल अस्पतालमा अहिले उपचार भइरहेको छ ।
मृतकका शवलाई पनि महाकाली अञ्चल अस्पतालमा राखिएको छ । जेसीबी महेन्द्रनगरबाट महाकालीको चारलेन पुलको पहुचमार्ग निर्माणका लागि भुजेलातर्फ गइरहेको प्रहरीले जनाएकको छ । चालक र जेसीबी प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रतिक्रिया दिनुहोस्