Logo
Logo

नेकपा एसको केन्द्रीय समिति बैठक काठमाडौंमा


693
Shares

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) को केन्द्रीय कार्यसमिति बैठक यही फागुन २५ र २६ गते काठमाडौंमा बस्ने भएको छ ।

बैठकमा आगामी निर्वाचनमा पार्टीलाई सफल बनाउन नीतिगतरुपमा छलफल, समसामयिक राजनीतिक घटनाक्रम, देशभर संगठन विस्तार, पार्टी तथा जनवर्गीय संगठनलाई सक्रिय बनाउनेलगायत विषयमा छलफल गरिने नेतृ दिलु पन्तले जानकारी दिइन् ।

बैठकमा अध्यक्ष माधवकुमार नेपालले पार्टीको संगठनात्मक अवस्था, एमसीसी पारित गर्नुपर्नाका कारण, पछिल्ला घटनाक्रम र विवरण समेटिएको राजनीतिक प्रतिवेदन पेश गर्नेछन् । बैठकमा आगामी निर्वाचनसम्म गठबन्धनलाई कसरी निरन्तरता दिन सकिन्छ भन्नेबारे पनि छलफल हुने जनाइएको छ ।

उक्त बैठकमा छलफल गरिने केही महत्वपूर्ण विषयमा सोमबार बसेको पोलिटब्यूरो बैठकले टुंगो लगाएको थियो ।

प्रतिक्रिया दिनुहोस्