Logo
Logo

आजदेखि एकीकृत समाजवादीको केन्द्रीय कमिटी बैठक


504
Shares

काठमाडौं । नेकपा एकीकृत समाजवादीको केन्द्रीय कमिटीको तेस्रो दुई दिने पूर्ण बैठक आजदेखि सुरु हुँदैछ । बबरमहलस्थित कार्की ब्यांक्वेटमा बुधबार बिहान ११ बजे बैठक बस्दैछ ।

बैठकमा वर्तमान राष्ट्रिय राजनीतिको समीक्षा र भावी कार्ययोजना समेटिएको अध्यक्ष माधवकुमार नेपालद्वारा प्रस्तुत हुने राजनीतिक प्रतिवेदनमाथि गहन छलफल हुने भएको छ ।

पार्टीले आगामी स्थानीय तह निर्वाचनका सन्दर्भमा लिइने रणनीति र सदनबाट पारित एमसिसीका विषयमा समेत बैठकमा छलफल हुने संसदीय दलका प्रमुख सचेतक जीवनराम श्रेष्ठले जानकारी दिए । पार्टीको यही फागुन २३ गतेको बैठकले केन्द्रीय कमिटीको बैठक बोलाउने निर्णय गरेको हो ।

प्रतिक्रिया दिनुहोस्