काठमाडौं । अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेशन नेपालको हितमा भएको नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले बताएका छन् ।
बुधबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै नेता सिंहले एमसीसी देशको अनुकुल भएकोले कांग्रेसले वकालत गरेको बताए । उनले भने, ‘एमसीसी नेपालको अर्थतन्त्रलाई टेवा पुर्याउने काममा लगानी हो । नेपालको आवश्यकता अनुसारको सहयोग गरियोजना हो ।’
एमसीसी राष्ट्रघाती भए संघीय संसदबाट पास गर्न नसकिने उनको जिकिर छ । उनले भने, ‘एमसीसीका बारेमा गलत प्रचार गर्नेहरुले नेपाल आईपीएसको अंग बन्यो भनेर भ्रम छरे, नेपालको परराष्ट्र नीति असंलग्न नीतिमा आधारित छ ।’











