Logo
Logo

प्रधानसेनापति थापा चीन जाँदै


- दृष्टि न्युज/संवाददाता


काठमाडौं, ३१ जेठ । प्रधानसेनापति पूर्णचन्द्र थापा जनवादी गणतन्त्र चीनको जनमुक्ति सेनाको औपचारिक निमन्त्रणामा १ असारमा औपचारिक भ्रमणका लागि त्यसतर्फ जाँदैछन् ।
उनी प्रधानसेनापतिमा नियुक्त भएपछि पहिलोपटक चीनको भ्रमण हुन लागेको हुन् । सो भ्रमण दलमा उनकी श्रीमती दिपा थापा तथा कार्यरथी उपरथी अनन्त कार्कीसहित ८ जना रहने सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।
प्रधानसेनापति थापाले चीनका विभिन्न सैनिक संरचना एवं ऐतिहासिक स्थल अवलोकनलगायत उच्चस्तरीय पदाधिकारीसँग भेटघाट गर्नुहुने कार्यक्रम छ ।
नेपाली सेनाले उच्च तहका सैनिक नेतृत्वको भ्रमणले नेपाली सेना र चिनियाँ सेनाबीच रहँदै आएको द्विपक्षीय हित र पारस्परिक सम्बन्ध सुमधुर एवं प्रगाढ बनाउन मद्दत पुग्ने विश्वास लिएको छ । प्रधानसेनापतिसहितको टोलीे असार ७ गते स्वदेश फिर्ता हुनेछ ।

प्रतिक्रिया दिनुहोस्