मोरङ । नेकपा माओवादी केन्द्रबाट निर्वाचित मोरङको रंगेली नगरपालिकाका मेयर र उपमेयर नेकपा एमालेमा प्रवेश गरेका छन् । मेयरको पदावधि सकिनै लाग्दा उनीहरु एमालेमा प्रवेश गरेका हुन् ।

मेयर दिलिपकुमार अग्रवाल र उपमेयर केशवकुमार खनाललाई बुधबार एमाले अध्यक्ष केपी शर्मा ओलीले रंगेलीमा एक कार्यक्रमबीच पार्टी प्रवेश गराएका छन् ।
एमालेका मोरङ अध्यक्ष ऋषिकेश पोखरेलका अनुसार मेयर, उपमेयरसहित ४ हजार ७ सय १० जना पार्टी प्रवेश गरेका छन् । पार्टी प्रवेश गर्नेमा रंगेली नगरपालिका वडा नम्बर ७ का अध्यक्ष रामचन्द्र मण्डल र वडा नम्बर १ का महेशकुमार खनालपनि रहेका छन् ।











