Logo
Logo

पीडितको चरित्र हत्या गरेको आरोपमा दुई युट्युबर पक्राउ


567
Shares

काठमाडौं । युट्युब च्यानलमा गम्भीर प्रकृतिको अपराध अनुसन्धानको प्रक्रियालाई प्रभावित पार्ने गरी पीडितको चरित्रहत्या गर्ने भिडियो प्रसारण गरेको आरोपमा प्रहरीले दुई जना युट्युबरलाई पक्राउ गरेको छ ।

प्रहरीको साइबर ब्युरोको टोलीले नागार्जुन नगरपालिका–८ भीमढुंगाका ५३ वर्षीय हरि उदासी भन्‍ने हरि परियार र राइनास नगरपालिका ३ घर भइ तारकेश्वर नगरपालिका–४ शेषमती बस्‍ने २७ वर्षीय निशासन चिलवाललाई बुधबार पक्राउ गरेको हो ।

उनीहरुले ती युट्युब च्यानलमार्फत पीडितको मानमर्दन र चरित्रहत्या हुने गरी सामग्री प्रसारण गरेको उजुरी परेको ब्युरोका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक नविन्द अर्यालले जानकारी दिए ।

पक्राउ परेका दुई जनामाथि जिल्ला अदालत काठमाडौंबाट ७र७ दिन म्याद थप गरी आवश्यक अनुसन्धान अगाडि बढाइएको ब्युरोले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्