Logo
Logo

महिला अधिकार कार्यान्वयनमा जोड


441
Shares

काठमाडौं । नेपालका लागि भारतीय राजदूतावास अन्तर्गतको स्वामी विवेकानन्द सांस्कृतिक केन्द्रसँगको सहकार्यमा भारत–नेपाल एलम्नाई सञ्जालले अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा काठमाडौंमा अन्तरकृया गरेको छ ।

‘महिलाको राजनीतिक सहभागिताः चुनौति र समाधानका बाटाहरु’ विषायक छलफलमा भौतिक पूर्वाधार तथा यातायातमन्त्री रेणुकुमारी यादव, बागमती प्रदेशका पूर्व मुख्यमन्त्री अष्टलक्ष्मी शाक्य, सांसदहरु डा. बिन्दा पाण्डे, पुष्पा भुषाल र कांग्रेस नेतृ डा. आरजु राणा देउवा सहभागी थिए ।

सहभागी नेतृहरुले राजनीतिक वृत्तमा महिलाले महत्वपूर्ण भूमिका खेलेको उल्लेख गर्दै महिला हकलाई उजागर गर्नुपर्ने विषयमा चर्चा गरेका थिए ।

वर्तमान समयमा महिला नेतृत्वको खाँचो भइसकेकाले नीति निर्माणको क्षत्रमा महिलाको प्रतिनिधित्व एवम् सहभागितालाई थप विस्तार तथा सुनिश्चित गर्न महिलासम्बन्धी संवैधानिक तथा कानुनी प्रावधान कार्यान्वयन गर्नुपर्नेमा उनीहरुले जाेड दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्