
काठमाडौं । सौर्य एयरलाइन्सको जहाजमा प्राविधिक समस्या आएपछि फेरि पार्किङमै फर्काइएको छ ।
यात्रु चढाएर ट्याक्सी वेसम्म पुगेको सो जहाज प्राविधिक समस्याका कारण पार्किङमै फर्काइएको हो । विमानस्थल व्यवस्थापनका एक अधिकारीका अनुसार काठमाडौंबाट विराटनगर उड्न लागेको जहाजमा प्राविधिक समस्या देखिएपछि जहाज पार्किङ क्षेत्रमै फर्काएर यात्रुलाई ओरालिएको थियो ।
जहाज नउड्दै समस्या फेला परेकाले समस्या नभएको बताउँदै जहाज पार्किङ क्षेत्रमै फर्काइएको उनले बताए । जहाजमा प्राविधिक समस्या देखिएको थाहा पाएपछि सवार यात्रुहरु आक्रोशित भएका थिए ।














