Logo
Logo

तालमेलबारे एक महिने अभियानपछि टुंगो हुन्छः नेता सिंह


567
Shares

काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले तालमेलबारे पार्टीको एक महिने चुनावी अभियानपछि मात्रै ठोस निचोड निस्किने बताएका छन् ।

काठमाडौंको आलोक नगरमा शुक्रबार आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले एक महिने अभियानको नतिजा आएपछि पार्टीले त्यसबारे उपयुक्त निर्णय लिने बताएका हुन् । चुनावी तालमेलको सन्दर्भलाई लिएर यतिखेर कांग्रेसभित्र तीन थरी धारणा रहेको उल्लेख गर्दै नेता सिंहले पार्टीले सुरु गर्न लागेको ‘घर-घर जाऔं, नेपाली कांग्रेसलाई जिताऔं अभियानको नतिजा हेरेर वर्किङ कमिटीमा जे गर्दा ठीक हुन्छ, त्यही निर्णय गरिने स्पष्ट पारे ।

‘एकथरी एक्लै जानुपर्छ, अर्कोथरी गठबन्धनलाई निरन्तरता दिनुपर्छ, एउटाले जिल्लालाई जिम्मा दिएर आवश्यकताअनुसार गर्नुपर्छ भन्ने कुरा छ,’ उनले भने । सत्तारुढ पाँच दलीय गठबन्धन कांग्रेसले चाहेरमात्रै नभएको बताउँदै नेता सिंहले परिस्थितिजन्य कारणले गठबन्धन बनेकाले त्यसैअनुरुप उचित निर्णय लिइने स्पष्ट पारे । कांग्रेस सभापति शेरबहादुर देउवाले हिजो एक कार्यक्रममा केन्द्रदेखि स्थानीय तहसम्मै सत्ता साझेदार दलहरुबीच चुनावी गठबन्धन हुने बताएका थिए ।

प्रतिक्रिया दिनुहोस्