काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले सदैव जनताका लागि काम गर्ने प्रतिवद्धता गरेका छन् ।
नेपाल दलित साहित्य तथा संस्कृति प्रतिष्ठानले शुक्रबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा आलेले अग्रज नेताहरुले देखाएको बाटोमा आफू सदैव हिड्ने र जनताका लािग काम गर्ने प्रतिवद्धता गरेका हुन् ।
उनले आफूले गरेका कामबाट नेपाली नागरिकको शिर निहुरिन नदिने पनि स्पष्ट पारे । मन्त्री आलेले दलित, जनजाती समुदायहरु विगतदेखि राज्यको उत्पीडनमा परेकाले यो समुदायको उत्थानका लागि आफू सधैँ प्रतिवद्ध रहेको धारणा राखे ।
दलित समुदायको बृत्ति विकास, हकहितका लागि आवश्यक बजेट व्यवस्थापनदेखि अन्य कुराहरुको सहयोगका लागि मन्त्रालय सधँै सकारात्मक रही काम गर्ने उनले बताए ।
कार्यक्रममा नेपाली साहित्यका माध्यमबाट जातीय विभेद तथा असमानताका बिरुद्ध काम गर्ने तीन जनालाई सम्मान प्रदान गरिएको थियो ।














