Logo
Logo

कर्णाली प्रदेश सांसद ठम्मरबहादुर विष्टले छाडे माओवादी


15.1k
Shares

काठमाडौँ । नेकपा(माओवादी केन्द्र) कर्णाली प्रदेश सभाका सांसद तथा प्रमुख सचेतक ठम्मरबहादुर विष्टले पार्टी परित्यागको घोषणा गरेका छन् ।

शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलनका आयोजना गर्दै सांसद विष्टले आफ्नो पार्टी माओवादी केन्द्रले पार्टीको सिद्धान्त र मूल्यमान्यताविपरीत संसद्‍बाट एमसीसी पारित गरेकाले माओवादी केन्द्र परित्याग गरेको बताए । पार्टीको जिम्मेवारीसहित कर्णाली प्रदेशसभाको सांसद र प्रमुख सचेतकको जिम्मेवारीबाट पनि राजीनामा दिएको उनले बताए ।

उनले पार्टी नेतृत्वले एमसीसीको सम्बन्धमा कार्यकर्तालाई विरोधमा सडकमा उतार्ने र आफूले पर्दा पछाडि अनेक खालका चलखेल गरेको आरोप लगाए । पार्टीभित्र रचनात्मक आलोचनामार्फत पार्टीलाई रुपान्तरण गर्न हदैसम्म प्रयास गर्दा पनि सफल हुन नसकेको उनले बताए ।

प्रतिक्रिया दिनुहोस्