Logo
Logo

गुठी विधेयकको विरोधमा प्रदर्शन, नागरिक समाजद्वारा फिर्ता गर्न माग


- दृष्टि न्युज/संवाददाता


काठमाडौं, ३२ जेठ । सरकारद्वारा प्रस्तावित गुठी विधेयकको राजधानीमा व्यापक विरोध भइरहेको छ । विधेयकको ज्यापू महागुठी नेवाः केन्द्रीय समितिको आव्हानमा शनिबार राजधानीको बसन्तपुरदरबार क्षेत्रमा प्रर्दशन गरिएको छ ।
ज्यापू महागुठीअन्र्तगतका विभिन्न गुठीका गुठीयार तथा सर्वसाधरण सम्मिलित प्रर्दशनमा परम्परागत धार्मिक, सांस्कृतिक धरोहर अतिक्रमण गर्ने गरि गुठी विधेयक ल्याइएको भन्दै विरोध जनाएका छन् ।
प्रदर्शनकारीले नेवाः एकता जिन्दावाद, गुठी विधेयक खारेज गर, सांस्कृतिक अतिक्रमण बन्द गर, नेवा अव जाग्दैछ, आफ्नो अधिकार खोज्दैछलगायतका नारा लगाएका थिए । ज्यापू महागुठीअन्तर्गतका गुठीहरुहरुको संलग्नतामा निकालिएको विरोध प्रदर्शन न्यूरोड, जैसीदेवललगायतका स्थान हँुदै बसन्तपुरदरबार क्षेत्र पुगेर कोणसभामा गरिएको थियो ।
सरकारले मुलुकभरका गुठीहरुको व्यवस्थापन लगायतका कामका लागि प्राधिकरण गठन गर्ने र गुठीको जग्गा भोगचलन गर्दै आएका किसानको नाममा रजिष्ट्रेशन पास गरिदिने व्यवस्थासहितको गुठी विधेयक प्रस्ताव गरेको थियो । उक्त विधेयलले परम्परागत धार्मिक तथा सांस्कृतिक धरोहरको अस्तित्व समाप्त पार्ने भन्दै मुलुकभरका गुठीहरु विरोधमा उत्रिएका छन् ।
गुठी विधेयकको विरोधमा राजधानीलगायत मुलुकका विभिन्न स्थानमा दैनिकजसो विरोध प्रर्दशन हुँदै आएको छ । साथै,उक्त गुठी विधेयकको संघीय संसदमा समेत विरोध हुँदै आएको छ । यस्तै, गुठी विधेयकको नागरिक समाजले माग गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्