
काठमाडौं । बजारमा अनाधिकृतरुपमा नेपाल टेलिकमका रिचार्ज कार्डहरु बिक्री भइरहेको भन्दै यसतर्फ सचेत रहन सेवाग्राहीलाई आग्रह गरिएको छ ।
टेलिकमले एक सूचना जारी गर्दै विभिन्न नामबाट नेपाल टेलिकमका सेवाहरू समेत रिचार्ज हुने भन्दै रिचार्ज कार्डहरु बिक्री भइरहेकाले ग्राहक वर्गलाई सर्तक हुन आग्रह गरेको हो ।
‘यस नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम) ले आफ्ना विभिन्न सेवाहरू जस्तै ल्यान्डलाइन, मोबाइल, NTFiber आदिको रिचार्ज तथा बिल भुक्तानी गर्न नमस्ते रिचार्ज कार्ड ब्रान्डमा रिचार्ज कार्ड उपलब्ध गराइरहेको छ । नेपाल टेलिकमले कागजमा प्रिन्ट भई आउने नमस्ते रिचार्ज कार्डको अतिरिक्त E–PIN तथा MPOS मार्फत् समेत रिचार्ज सेवा उपलब्ध गराइरहेकोमा हाल बजारमा विभिन्न नामबाट नेपाल टेलिकमका सेवाहरू समेत रिचार्ज हुने भनी अनाधिकृत रिचार्ज कार्डहरू समेत बिक्री भइरहेको जानकारीमा आएकाले सम्पूर्ण ग्राहक महानुभावहरूलाई सचेत रहन तथा नेपाल टेलिकमको आधिकारिक रिचार्ज कार्ड मात्र प्रयोग गर्नुहुन यो सूचना प्रकाशित गरिएको छ ।’, सूचनामा उल्लेख गरिएको छ ।














