Logo
Logo

सप्तरीमा आगलागी हुँदा १३ घर जले


693
Shares

काठमाडौं । सप्तरीमा आगलागी हुँदा १३ वटा घर जलेर नष्ट भएका छन् । अग्निसाइर कृष्णासावरण गाउँपालिका-४ टेंगरीमा शनिबार मध्यरातमा आगलागी भएको हो । प्रहरीको अनुसार स्थानीय डम्बर यादवको आफ्नो घर अगाडि राखेको रुखको पातमा एकाएक आगलागी भएको हो ।

खाना खाएर सबै जना सुतिसकेको अवस्थामा गाउँमा भएको आगलागीबाट डम्बर यादव, श्यामकुमार यादव, दिनेशकुमार यादव, मनोजकुमार यादव, फुलदेव यादव, महेशकुमार यादव, बृजनारायण यादव, महेश यादव, भोला यादव, अमरेन्द्र यादव, धिरज यादवसहित १३ जनाको घर जलेका छन् ।

आगलागीले ९ वटा बाख्रा जलेको छ भने दिनेश यादवको ४ वटा र फुलदेव यादवको ५ वटा बाख्राको जलेर मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।

आगलागीले झण्डै २५ लाख बराबरको क्षति भएको प्रारम्भिक अनुमान गरिएको सप्तरी प्रहरीका प्रवक्ता एवं डीएसपी माधवप्रसाद काफ्लेले बताए ।

मध्यरातमा भएको आगलागी राजविजराजस्थित प्रहरी तालिम केन्द्र, हनुमाननगर कंकालिनी र शम्भुनाथ नगरपालिकाबाट गएको बारुण यन्त्रले बिहान ५ बजेतिर निभाईएको थियो ।

प्रतिक्रिया दिनुहोस्