Logo
Logo

प्रधानमन्त्रीले भने, ‘कर्मचारीले उठाएका माग पूरा गर्न पहल गर्छु’


441
Shares

काठमाडौं । नेपाल निजामती कर्मचारी युनियनले प्रधानमन्त्री शेरबहादुर देउवासँग भेटेर संघीय निजामती सेवा ऐन चाँडो ल्याउन माग गरेका छन् ।

युनियनका अध्यक्ष अध्यक्ष गोपालप्रसाद पोखरेल नेतृत्वमा आइतबार बालुवाटार पुगेर युनियनको टोलीले प्रधानमन्त्री देउवासँग यस्तो माग गरेका हुन् । ‘संघीय निजामती सेवा ऐन छिटो ल्याउन हामीले प्रधानमन्त्रीसमक्ष माग गरेका छौँ’ युनियनका सचिव प्रकाश भट्टराईले भने, ‘मर्कामा परेका कर्मचारीलाई पुनः स्वेच्छिक रूपमा रोजेको तहमा जाने व्यवस्था मिलाउन पनि माग गरिएको छ ।’

युनियनले राजपत्र अनंकित कर्मचारीले उठाएका माग सम्बोधन गर्दै सबै तह, सेवा समूह र पदमा कार्यरत कर्मचारीको वृत्ति विकासका लागि उचित व्यवस्था मिलाउने व्यवस्था गरिदिन समेत आग्रह गरेका छन् । युनियनको आग्रहपछि प्रधानमन्त्री देउवाले कर्मचारीले उठाएका माग पूरा गर्न पहल गर्ने बताएका थिए ।

प्रतिक्रिया दिनुहोस्