Logo
Logo

माओवादी केन्द्रमा जसपाका चार केन्द्रीय सदस्यसहित नेता-कार्यकर्ता प्रवेश


4.1k
Shares

काठमाडौं । हुम्लामा ठुलो संख्यामा जसपा नेपालका नेता-कार्यकर्ता नेकपा माओवादी केन्द्रमा प्रवेश गरेका छन् ।

सदरमुकाम सिमकोटमा आयोजित कार्यक्रममा जसपा नेपालका एक हजारभन्दा बढी नेता–कार्यकर्ता नेकपा माओवादी केन्द्रमा प्रवेश गरेका हुन् ।

जसपा नेपालका विरजङ्ग शाहीसहित ४ जना केन्द्रीय सदस्य, १५ जना प्रदेश सदस्य, ८३ जना जिल्ला कमिटी सदस्य र जिल्लाभित्रका सबै स्थानीय तह अन्तर्गतका समिति सदस्यसहित एक हजार एक सय नेता, कार्यकर्ता माओवादी केन्द्रमा प्रवेश गरेको माओवादी केन्द्र कर्णाली प्रदेश कमिटीकी अध्यक्ष विमला केसीले जानकारी दिईन् ।

नवप्रवेशी टोलीलाई कर्णालीका पूर्व मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले पार्टीमा स्वागत गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्