Logo
Logo

बार्सिलोनाको सानदार जित


693
Shares

काठमाडौं । क्याटलान क्लब बार्सिलोना स्पेनिस ला लिगाअन्तर्गत सम्पन्न खेलमा सानदार जित हात पारेको छ । आइतबार राति घरेलु मैदान नोउक्यापमा सम्पन्न खेलमा बार्सिलोनाले ओसासुनामाथि ४–० को फराकिलो जित निकालेको हो ।

बार्सिलोनाको फराकिलो जितमा फेरान टोरेसले दुई तथा पिएरे इमरिक औवामियाङ र रिकी पुचले समान एक-एक गोल गरेका हुन् ।

यो जितसँगै २७ खेलबाट ५१ अंक जोडेको बार्सिलोना तेस्रो स्थानमा पुगेको छ । समान ५१ अंक भएपनि एक खेल बढी खेलेको एट्लेटिको म्याड्रिड चौथो स्थानमा छ ।

बार्सिलोना शीर्षस्थानको रियल म्याड्रिडभन्दा १२ अंकले तथा दोस्रो स्थानको सेभियाभन्दा ५ अंकले पछि छ । पराजित ओसासुना २८ खेलबाट ३५ अंक जोडेर ११औं स्थानमा यथावत् रहेको छ ।

प्रतिक्रिया दिनुहोस्