Logo
Logo

घाँस काट्न गएकी किशोरीको लडेर मृत्यु


- दृष्टि न्युज/संवाददाता


बाजुरा १ असार । घाँस काट्ने क्रममा भिरबाट लडेर १७ वर्षीया किशोरीको मृत्यु भएको छ । शनिबार साँझ बाजुराको खप्तड छेडेहद गाउँपालिका–६ की सीताकुमारी पाध्यायको घाँस काट्न जाँदा लडेर मृत्यु भएको जनाइएको छ ।
गाईगोरुको लागि गाउँ नजिकै रहेको चुल्ली भिरमा घाँस काट्न गएको बेला चिप्लेर भिरबाट लड्दा उनको घटनास्थमै मृत्यु भएको उनका दाजु दिल्ली पाध्यायले जानकारी दिए । उनी वडिमालिका नगरपालिका–१ पिनालेखमा रहेको जाल्पादेवी माध्यमिक विद्यालयमा कक्षा १० मा अध्ययनरत छात्रा हुन् ।

प्रतिक्रिया दिनुहोस्