Logo
Logo

कोपा अमेरिका : सुआरेज र काभानीको गोलले उरुग्वे विजयी


- दृष्टि न्युज/संवाददाता


ब्राजिल, २ असार (एएफपी) । ब्राजिलमा जारी दक्षिण अमेरिकाको प्रतिष्ठित कोपा अमेरिका फुटबल प्रतियोगिताअन्तर्गत सोमबार भएको खेलमा उरुग्वे विजयी भएको छ ।
उरुग्वेले १० खेलाडीमा सीमित भएको इक्वेडरलाई ४–० गोल अन्तरले पराजित गरेको हो । समूह ग को यस प्रतिस्पर्धामा उरुग्वेका तर्फबाट लुइस सुवारेज, एडिन्सन काभानी र निकोलास लोडेरोले एकएक गोल गरेका थिए । इक्वेडरका आर्टुरो मिनाले खेलको ७८औं मिनेटमा आत्मघाती गोल गरेका थिए ।
उरुग्वेका तर्फबाट तीनै गोल खेलको पूर्वाद्र्धमा भएको थियो । यो जितसँगै इक्वेडरले तीन अंक प्राप्त गरेको छ । यो समूहका जापान र चिलीबीचको खेल नेपाली समय अनुसार मंगलबार बिहानीपख हुनेछ ।
अर्कोतर्फ सोमबार नै भएको समूह ख को पाराग्वे र कतारबीचको खेल २–२ गोल भई बराबरीमा टुंगिएको छ । यस खेलमा पाराग्वेका तर्फबाट ओस्कार कार्डोजो र डरलिस गोन्जालोजले गोल गरेका थिए भने कतारका तर्फबाट आल्मोज अलिले गोल गरेका थिए । पाराग्वेका रोड्रिगो रोजासले ७८औं मिनेटमा आत्मघाती गोल गरेका थिए ।
कूल १२ टिम सहभागी रहेको कोपा अमेरिका फुटबल प्रतियोगिता अन्तर्गत समूह ख मा अर्जे्न्टिनासहित कोलम्बिया, पाराग्वे र कतार रहेका छन् । समूह क मा भने ब्राजिल, पेरु, भेनेजुएला र बोलिभिया तथा समूह ग मा उरुग्वे, चिली, जापान र इक्वेडर रहेका छन् । कोपा अमेरिका फुटबल प्रतियोगिता यो सहित ब्राजिलमा पाँचौं पटक हुँदैछ ।

प्रतिक्रिया दिनुहोस्