Logo
Logo

प्रधानमन्त्रीले उपत्यकाका सांसदहरुलाई बालुवाटार बोलाए


- दृष्टि न्युज/संवाददाता


काठमाडौं, २ असार । प्रधानमन्त्री केपी शर्मा ओलीले उपत्यकाका सांसदहरुलाई आफ्नो सरकारी निवास बालुवाटारमा बोलाएका छन् । विवादित गुठी विधेयकको विषयमा छलफल गर्न प्रधानमन्त्री ओलीले सांसदलाई बेलुका ३ बजे बालुवाटार बोलाएको छ ।
संसद्मा पेस भएको ‘गुठी विधेयक’ तत्काल खारेज र पुनर्लेखनको मागसहित राजधानीलगायत देशका विभिन्न स्थानमा प्रदर्शन भइरहेका छन् । देशकै पहिचान समाप्त गर्न गुठी विधेयक ल्याएको संसदमाथि आरोप लगाइएको छ । विधेयक खारेजी माग गर्दै अघिल्लो हप्तादेखि सरोकारवाला सडक प्रदर्शनमा उत्रिएका छन् । उनीहरुले गुठी विधेयकको खारेजलगायतका माग राखेका छन् ।

साताब्यापी युरोप भ्रमणबाट आइतबारमात्रै फर्किएका प्रधानमन्त्री ओलीले विधेयक विवादमा आएपछि छलफल थालेका हुन् ।

प्रतिक्रिया दिनुहोस्