Logo
Logo

माछापुच्छ्रे बैंकद्वारा आगलागीमा परेका ११ घरपरिवारलाई सहयोग


441
Shares

काठमाडौं । माछापुच्छ्रे बैंकको माहुली शाखाले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत २०७८ फागुन २८ गते सप्तरी जिल्लाको अग्निसाइर कृष्णासवरन गाउँपालिका–४ टोल टेगंरीका आगलागीपीडित ११ घरपरिवारलाई खाद्यान्न तथा भाँडाकँुडा सहयोग गरेको छ । उक्त राहत वितरण कार्यक्रममा कृष्णासवरन गापा–४ का अध्यक्ष तेजनारायण यादव र बैंकको प्रदेश नं २ का उपप्रमुख बिनेश ठाकुरको पनि उपस्थिति थियो ।

बैंकले विशुद्ध बैंकिङ सेवाका साथमा आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत यसअघि पनि विभिन्न संघसंस्थालाई सहयोग गर्दै आएको थियो । त्यस्तै बैंकले बिभिन्न समयमा देशमा आइपर्ने प्राकृतिक विपत्तिहरुमा पनि सरकारलाई सहयोग गर्दै आएको छ ।

बैंकले देशका हरेक वर्ग र समुदायमा सेवा पु¥याउने उद्देश्यले १६४ शाखा, ८ एक्सटेन्सन काउन्टर, १५७ शाखारहित बैंकिङ सेवा, २०३ एटिएममार्फत १३ लाखभन्दा बढी ग्राहक महानुभावलाई सेवा प्रदान गर्दै आइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्