Logo
Logo

स्थानीयको आक्रमणबाट ८ जना प्रहरी घाइते


9.8k
Shares

काठमाडौं । मोरङको लेटाङमा स्थानीयबासीको आक्रमणबाट ८ जना प्रहरी घाइते भएका छन् । १३ वर्षीया बालिकालाई शिक्षकले बलात्कार प्रयास गरेको भन्दै स्थानीयबासी हिजो दिउँसो विद्यालय घेराउ गर्न गएका थिए ।

त्यसक्रममा स्थानीयको आक्रमणबाट ८ जना प्रहरी घाइते भएका हुन् । लेटाङस्थित शिक्षा विकास माविमा पढ्दै आएकी बालिकालाई शिक्षकले बलात्कार प्रयास गरेको भन्दै पीडित बालिकाका आफन्त र गाउँले विद्यालय घेराउ गर्न गएका थिए । त्यसलगत्तै प्रहरीको टोली पनि घटनास्थल पुगेको थियो । प्रदेश नं १ प्रहरी कार्यालयका प्रवक्ता नवीनराज राईका अनुसार आक्रोशित भिडले घरेलु हतियार प्रयोग गरी आक्रमण गर्दा ८ जना प्रहरी घाइते भएका हुन् । घाइतेमध्ये प्रहरी जवान उर्मिला श्रेष्ठको अवस्था गम्भीर रहेकाले उपचारका लागि कोशी अस्पताल पुर्याइएको उनले बताए ।

कक्षा ७ मा अध्ययनरत् १३ वर्षीया किशोरीलाई शिक्षकले जबरजस्ती गर्ने प्रयास गरेको स्थानीयले दाबी गरेका छन् । प्रहरीले आरोपित शिक्षकलाई विद्यालयबाट इलाका प्रहरी कार्यालय लेटाङ ल्याउने क्रममा स्थानीयले लखेटेर प्रहरीमाथि ढुङ्गा मुढा र घरेलु हतियार प्रयोग गरेका जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्