Logo
Logo

ललितपुर मेयरमा न्याछ्यौको चर्चा


2.2k
Shares

ललितपुर । वैशाख ३० गते स्थानीय निकायको निर्वाचन मिति घोषणा भएको छ । जति जति निर्वाचनको मिति नजिकिँदै छ, त्यति त्यति माहौल तात्दै गएको छ । यसै सन्दर्भमा ललितपुर महानगरपालिकाबाट यसपटक कांग्रेसका उम्मेदवारका रुपमा भरतलाल न्याछ्यौको नाम चर्चामा छ ।

निर्वाचन परिणामका आधारमा ललितपुर महानगरपालिकामा कांग्रेस बलियो शक्ति हो । यस महानगरपालिकामा निर्वाचन क्षेत्र नम्बर २ र ३ पर्छ । र दुवै निर्वाचन क्षेत्रमा कांग्रेस विजयी भएको थियो । कांग्रेसले २०७० सालको निर्वाचन जितेको हो । न्याछ्यौ ललितपुर कांग्रेसका नगर सभापति पनि हुन् ।

न्याछ्यौको राजनैतिक पृष्ठभूमि हेर्दा उनको समर्पण र त्याग लामो रहेको र भविष्यमा महानगरपालिकालाई अगाडि बढाउनसमेत प्रस्ट दृष्टिकोण भएको अनुभबी र जनतासँग भिजेको व्यक्ति मानिन्छ ।

न्याछ्यौ नेपाली कांग्रेसमा र खासगरी ललितपुरमा राम्रो योगदान छ । उनी प्रखर बुद्धिजीबी पनि हुन् । व्यवस्थापन विषयका ज्ञाता न्याछ्यौ जुझारु लोकतन्त्रका लागि अनवरत लागेका योद्धा हुन् ।

प्रतिक्रिया दिनुहोस्