Logo
Logo

पदको सौदावाजी गर्न एमालेमा प्रवेश गरेकी होइन : करिश्मा


819
Shares

काठमाडौं । अभिनेत्री करिश्मा मानन्धर नेकपा एमालेमा प्रवेश गरेकी छन् । मंगलबार काठमाडौंमा आयोजित एक कार्यक्रमबीच करिश्मालाई एमाले अध्यक्ष केपी शर्मा ओलीले स्वागत गरेका थिए ।

एमालेमा प्रवेश गरेपछि करिश्माले ‘आफू कुनै पदको सौदाबाजी गर्न’ एमाले प्रवेश नगरेको दावी गरिन् । उनले भनिन्, ‘म एमालेको कार्यकर्ता बन्न आएकी हुँ, कुनै पदको सौदाबाजी गर्न होइन ।’ उनले एमालेसँग जोडिन पाउँदा खुसी लागेको बताइन् ।

‘आजबाट एमालेमा रहेर राजनीतिमा अगाडि बढ्ने अठोट गरेकी छु,’ एमालेमा प्रवेश गरिसकेपछि उनले भनिन् । उनले एमाले अध्यक्ष केपी शर्मा ओलीको व्यक्तित्व र कार्यशैली, एमालेको नीति र देशभर देखिएको जनलहरका कारण एमाले रोजेकी बताइन् ।
करिश्माले भनिन् ‘नेता भनेको जनताको पथप्रदर्शक हो । त्यो म ओलीजीमा पाउँछु ।’

उनले सबै पार्टीले लोकतन्त्र, गणतन्त्र अपनाएका भए पनि एमालेले त्यस अतिरिक्त समानता र सामाजिक न्यायसहितको समृद्धि भन्ने नारा बोकेर पिछडिएका वर्गको उत्थान गर्ने र देश विकास गर्ने नीति अपनाएका कारण पनि आफूले एमाले रोजेको बताइन् ।

प्रतिक्रिया दिनुहोस्