Logo
Logo

घुससहित दुई इन्जिनियर पक्राउ


- दृष्टि न्युज/संवाददाता


काठमाडौं, ३ असार ।
जिल्ला भोजपुर, हतुवागढी गाउँपालिकामा कार्यरत इन्जिनियर मिसुहाङ्ग किराँत र सोही कार्यालयका सव–इन्जिनियर नइन्द्र पारोहाङ्ग राई घुससहित पक्राउ परेका छन् ।


बाटो मर्मतको बिल भुक्तानी दिने प्रयोजनको लागि सेवाग्राहीसँग घुस लिएका हुन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, इटहरीबाट खटिइ गएको टोलीले इन्जिनियर मिसुहाङ्ग किराँतलाई ५० हजार तथा सव–इन्जिनियर नइन्द्र पारोहाङ्ग राईलाई २० हजार घुससहित पक्राउ गरेको हो ।

प्रतिक्रिया दिनुहोस्