Logo
Logo

आरआरआरका निर्देशक राजामौलीले के भने नेपाली दर्शकलाई ?




काठमाडौं । बलिउडको बहुप्रतिक्षित फिल्म ‘आरआरआर’ आगामी शुक्रबार अर्थात् २५ मार्चबाट विश्वब्यापी रिलिज हुँदै छ।
नेपालमा पनि उक्त फिल्मको अग्रिम बुकिङ खुलाइएको छ । जसमा दर्शकको उत्साह अत्याधिक देखिएको छ । फिल्मका निर्देशक एसएस राजामौलीले नेपाली दर्शकलाई सम्बोधन गरेका छन् ।


भिडियो सन्देषमार्फत राजामौलीले नेपाली दर्शकलाई सन्देश पठाउँदै भनेका छन्, ‘नेपालका सबै दर्शकहरुलाई नमस्कार। हाम्रो फिल्म आरआरआर तपाईंको नजिकको हलमा २५ मार्चमा हेर्नुहोला। तपाईंहरुलाई धेरै माया छ।’

‘बाहुबली’ फिल्म शृङ्खलामार्फत निकै चर्चा पाएका निर्देशक राजामौलीका नेपालमा पनि निकै दर्शक छन्। यसअघि प्रदर्शनका आएका उनका ‘बाहुबली’ शृङ्खलापछि उनको फिल्मका प्रशंसकहरु थप बढेका छन्।
राजामौलीको निर्देशनमा बनेको ‘आरआरआर’ लामो समयदेखि प्रदर्शनको पर्खाईमा रहेको फिल्म हो। फिल्ममा १९२० को क्रममा बेलायती उपनिवेशको क्रममा क्रान्ति गर्ने दुई क्रान्तिकारीको कथालाई प्रस्तुत गरिएको छ।

फिल्ममा जुनियर एनटिआर, रामचरण, आलिया भट्ट, अजय देवगण लगायतको अभिनय रहेको छ। फिल्मलाई नेपालमा ‘ए ऐट फिल्मस्’ले ल्याएको हो। सो फिल्मको क्रेजका कारण नेपालमा अन्य नेपाली फिल्मले आफ्नो प्रदर्शन मिति सारेका छन् ।

प्रतिक्रिया दिनुहोस्