Logo
Logo

गुठी विधेयकको खारेजी माग गर्दै राजधानीमा प्रदर्शन (फोटो फिचरसहित)


- दृष्टि न्युज/संवाददाता


काठमाडौं, ४ असार । गुठी विधेयकको खारेजी माग गर्दै राजधानीमा आज बुधबार प्रदर्शन भएको छ । राष्ट्रियसभामा प्रस्तुत विधेयकको विरोधपछि मंगलबार भूमिव्यवस्थामन्त्री मन्त्री पद्मा अर्यालले फिर्ता लिएको घोषणा गरेकी थिइन् । तर, उक्त विधेयक खारेज हुनुपर्ने भन्दै सरोकारवालाहरु प्रदर्शनमा उत्रिएका छन् ।


गुठीसम्बन्धी विधेयक त्रुटिपूर्ण भएकाले यो खारेज हुनुपर्ने उनीहरुको माग छ । प्रदर्शनकारीहरुले विधेयकको खारेजी माग गर्दै राजधानीको माइतीघर मण्डलामा खबरदारी सभा आयोजना गरेका छन् ।
खबरदारीसभा अघि ‘हाम्रो संस्कृति कसैको दाइजो होइन’, ‘सम्पदा मास्न पाइँदैन’ जस्ता प्लेकार्ड र नारा लगाइएको छ । गुठी विधेयकविरुद्ध चौतर्फी विरोध भएपछि सरकारले फिर्ता लिने निर्णय गरेको थियो । तर, फिर्ता गरेर मात्र नहुने भन्दै उनीहरु खबरदारीमा उत्रिएका छन् । प्रदर्शनपछि थापाथली, त्रिपुरेश्वर, माइतीघरलगायतका स्थानको सवारी आवागमन प्रभावित बनेको छ ।

प्रतिक्रिया दिनुहोस्