Logo
Logo

केन्द्रीय समिति बैठक बुस्नुअघि जिल्ला सभापतिहरुसँग नेता पौडेलको छलफल


504
Shares

काठमाडौं । नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलले जिल्ला सभापतिहरूको भेला राखेका छन् । नेता पौडेलले शुक्रबार बिहान आफ्नै निवास बोहराटारमा जिल्ला सभापतिहरूलाई बोलाएका हुन् ।

कांग्रेस केन्द्रीय समिति बैठकअघि पौडेलले जिल्ला सभापति भेला राखेका हुन् । आज दिउँसो २ बजे सानेपामा कांग्रेसको केन्द्रीय समिति बैठक बस्दैछ । पौडेलका स्वकीय सचिव चिरञ्जीवि अधिकारीले पौडेलले जिल्ला सभापतिहरू छलफल गरेको बताए । छलफलमा पूर्वमहामन्त्री शशांक कोइराला पनि सहभागी छन् ।

स्थानीय चुनावमा गठबन्धन गर्ने कि नगर्ने राय तथा सुझाव लिन पौडेलले जिल्ला सभापति भेला बोलाएको बताइएको छ । कांग्रेसमा आगामी स्थानीय तहको निर्वाचनमा गठबन्धन गर्नेबारे दुई धार देखिएको छ । जसमा पौडेललगायतका केही नेता कांग्रेस एक्लैले निर्वाचन लड्नुपर्छ भन्ने पक्षमा रहेका छन् भने सभापति शेरबहादुर देउवा तालमेल गरेर अगाडि बढ्नुपर्ने बताउँदै आएका छन् ।

आजको यो भेलाले पनि पौडेलले जिल्ला सभापति भेला राखेर आफ्नो गुट कायमै रहेको सन्देश दिन खोजेका छन् । यसअघि राष्ट्रियसभा सदस्यको निर्वाचनका बेला आफूनिकट दुई नेतालाई उम्मेदवार बनाएका थिए ।

प्रतिक्रिया दिनुहोस्