Logo
Logo

फ्रि तिब्बतका कमाण्डर जुवामा



काठमाडौं, २४ पुस । नेपालमा रहेका कतिपय तिब्बती शरणार्थीहरु अवैध गतिविधिमा संलग्न छन् । अवैध बस्तुको कारोबारदेखि जासुसीसम्मका काममा उनीहरुको संलग्नता छ ।
केही भने जुवाको धन्दामा समेत संलग्न छन् । हालै तीन तिब्बतीयन नागरिक एक मिनि क्यासिनोबाट पक्राउ परेका छन् । जसमा बौद्धस्थित शरणार्थी क्याम्पसका प्रमुख क्याल्साङ ढन्डुप समेत छन् । फुलबारीस्थित एक घरबाट उनीहरुलाई सात लाख नगदसहित प्रहरीले शुक्रबार पक्राउ गरेको थियो ।
स्थानीय लोकसाङ लामाले दुई घर नै भाडामा लिएर काम गर्ने मान्छेसेमत राखेर जुवा सञ्चालन गरेको पाइएको प्रहरीले जनाएको छ । पक्राउ पर्नेमा तीन तिब्बती समेत छन् । त्यहाँ क्यासिनोकै शैलीमा तिब्बती कौडा खेलाइने गरिएको थियो ।
ढन्डुप पक्राउ परेसँगै उनको पद पनि धरापमा परेको छ । दलाई लामाको निर्वासित सरकारले फौजदारी मुद्दा लागेको व्यक्तिलाई कुनै जिम्मेवारी दिने गरेको छैन । त्यसकारण उनी अयोग्य ठहर हुने सम्भावना छ । उनलाई हटाउन बौद्ध क्षेत्रमा शरणार्थीहरुको माग छ ।
क्याल्साङ जुवाका पारखी हुन् । नियमित रुपमा उनी त्यहाँ जाने गरेका थिए । शरणार्थी क्याम्पमा हुने अनियमितताबाट कमाएको पैसा उनले जुवामा उडाउदै आएका थिए । नेपालमा सबैभन्दा धेरै शरणार्थी बौद्ध क्षेत्रमै छन् । उनीहरुलाई विदेशबाटै पैसा समेत आउने गरेका छन् । तिब्बती शरणार्थीका समस्यामा चासो नदिने र अवैध गतिविधिमा संलग्न रहेको भन्दै उनीविरुद्ध उजुरी पर्दै आएको थियो ।
केही व्यक्तिहरु भने फ्रि तिब्बतका नाममा अनेक आर्थिक चलखेलमा लाग्ने गरेका छन् । त्यस्ता गतिविधिमा सरकारले पनि चासो दिनु जरुरी छ ।

प्रतिक्रिया दिनुहोस्