Logo
Logo

गुठी विधेयकविरुद्ध जनसागर : जनआन्दोलन-२ को झल्को


- दृष्टि न्युज/संवाददाता


काठमाडौं, ४ असार । गुठी विधेयक खारेज गर्न माग गर्दै काठमाडौंमा गुठी पक्षधरहरुले विशाल प्रर्दशन गरेका छन् । राष्ट्रिय सभामा पेस गरिएको गुठी विधेयक मंगलबार सरकारले फिर्ता लिने निर्णय गरेको भोलीपल्ट बुधबार आज राजधानीमा विशाल प्रदर्शन गरिएको हो ।
गुठी विधेयक खारेज गर्न दवाव दिँदै काठमाडौंको माइतीघर मण्डलामा गरिएको प्रर्दशनले जनआन्दोलन–२ को झल्को दिएको छ ।

हजारौँको संख्यामा माइतघरमा प्रदर्शन गरिरहेका बेला नयाँ बानेश्वरको निषेधित क्षेत्रमा ठूलो संख्यामा प्रहरी तैनाथ गरिएको छ ।
गुठी विधेयकको विरुद्धमा उत्रिएका जनसागरलाई लक्षित गर्दै सयौँ प्रहरी परिचालन गरिएको छ । प्रदर्शनमा उत्रिएका आन्दोलनकारीले सरकारले विधेयक खारेज नगरेसम्म आफूहरुको आन्दोलन नरोकिने चेतावनी दिए ।
प्रर्दशनका क्रममा ‘सम्पदा मास्न पाइँदैन,’ ‘गुठीयारहरुको अधिकार सुनिश्चित गर,’ ‘धर्म, संस्कृति र सम्पदाहरको रक्षा गर’लगायतका नारा लेखिएको प्लेकार्ड प्रर्दशन गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्