Logo
Logo

राप्रपाको कार्यसम्पादन समितिमा ज्ञानेन्द्र शाही


1.3k
Shares

काठमाडौं । ज्ञानेन्द्रबहादुर शाही राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को कार्यसम्पादन समिति सदस्य भएका छन् ।

सो पार्टीका प्रवक्तासमेत रहेका उनलाई अध्यक्ष राजेन्द्र लिङ्देनले पार्टीको केन्द्रीय कार्यसम्पादन समिति सदस्यमा मनोनीत गरेका हुन् । शाहीलाई हिजो उक्त समितिको सदस्यमा मनोनीत गरिएको हो । अध्यक्ष लिङ्देनका अनुसार राप्रपा र सुशासनका लागि हाम्रो नेपाल हामी नेपाली अभियानबीच भएको सम्झौता अनुसार उनी सो समितिको सदस्य बनेका हुन् ।

यसअघि पार्टीले केन्द्रीय कार्यसम्पादन समितिमा २० जनालाई मनोनीत गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्