
काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) को केन्द्रीय कार्यकारिणी समिति बैठक आज बस्दै छ ।
स्थानीय तह निर्वाचनको तयारीबारे छलफल गर्न दिउँसो १ बजे बबरमहलस्थित पार्टी कार्यालयमा बैठक बोलाइएको लोसपाले जनाएको छ । बैठकमा स्थानीय तह निर्वाचनको रणनीति, चुनावी घोषणापत्रलगायतका विषयमा छलफल हुने नेता लक्ष्मणलाल कर्णले बताए । उनका अनुसार समसामयिक राजनीतिक घटनाक्रमका बारेमा पनि बैठकमा छलफल हुने छ ।
सरकारमा सहभागी हुने विषयमा सो पार्टीका नेताहरू प्रधानमन्त्री शेरबहादुर देउवासँग छलफलमा रहेका स्रोतले जनाएको छ ।














